प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, सुनसरी

कोशी प्रदेश, इनरुवा, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट
क्र.सं. शिर्षक डाउनलोड विवरण थप पढ्नुहोस्
1 काठ माग सम्बन्धमा पूनः निवेदन पेश गर्ने सम्बन्धी सूचना २७ कार्तिक २०८१, मङ्गलवार

जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीमा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा रितपूर्वक निवेदन दर्ता भइ, काठ प्राप्त गर्न बाँकी रहेका र सो समयमा अनुगमन भएको निवेदकहरुको हकमा समेत घर निर्माण/मर्मत विकास निर्माण कार्य सम्पन्न भएको वा नभएको, काठ आवश्यक पर्ने/ नपर्ने एकिन गर्नु पर्ने भएकोले हाल घर बनाईरहेको, घर मर्मत गर्नुपर्ने, वा संरचना बनाई काठ प्रयोग गर्न बाँकी रहेको भएमा आजको मितिले १५ (पन्ध्र) दिन (मितिः २०८१/०८/११ गते) भित्रमा जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीमा पूनः निवेदन पेश गर्ने बारे सूचना !!! 

सूचना प्रकाशित मितिः २०८१/०७/२७ गते  (राष्ट्रिय दैनिक ब्लाष्ट पत्रिका)

काठ माग सम्बन्धी रितपूर्वक निवेदन दर्ता भएको नामावलीको लागी संलग्न विवरण हेर्न अनुरोध छ र निवेदनको ढाँचा समेत संलग्न रहेको छ ।