आर्थिक वर्ष २०८२/०८३ को जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीको स्वीकृत वार्षिक कार्ययोजना बमोजिम सुनसरी जिल्लामा बसोबास गर्ने स्थानीयवासीहरुलाई सहुलियत दरमा साल जातको चिरान काठ उपलब्ध गराउनको लागि जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीको मिति २०८२/०८/२१ मा वसेको वैठकको निर्णयानुसार यस सुनसरी जिल्लामा बसोबास गर्ने स्थानीयवासीहरुलाई नयाँ घर निर्माण, मर्मत तथा विभिन्न संघ/ संस्थाहरुलाई विकास निर्माण कार्यको लागि काठ आवश्यक रहेमा ईच्छुक सरोकारवालाहरुले आजको मितिले ३० (तिस) दिन वा मिति २०८२/०९/२४ गते भित्रमा जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीमा काठ प्राप्तिको लागि तपसिलमा तोकिए बमोजिमका कागजातहरु संलग्न राखी निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीको लागि जिल्ला वन पैदावार आपूर्ति समिति, सुनसरीमा तथा मोवाईल नं. ९८५२०५५३६३/९८५२०८५०३० समेत सम्पर्क गर्न हुन अनुरोध छ । साथै सो सूचना मिति २०८२/०८/२४ को व्लाष्ट टाईम्स पत्रिकामा समेत प्रकाशित गरिएको छ ।